National life
cg eloctronics

डेभिल्सले ऐतिहासिक टी–२० विश्वकपको प्रत्यक्ष साक्षी बन्ने अवसर दिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१२ माघ २०८२, सोमबार
1.2kShares
डेभिल्सले ऐतिहासिक टी–२० विश्वकपको प्रत्यक्ष साक्षी बन्ने अवसर दिँदै
muktinatha bikash bank

काठमाडौं। प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ। “डेभिल्स खाउँ,मुम्बई जाउँ” नामक यस अभियानमार्फत क्रिकेट प्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ।

यस अभियानअन्तर्गत, एक जनाभाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भर्मण जित्नेछन्। विश्वक्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

“डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ। सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सहीउत्तर कमेन्ट गर्नुपर्नेछ र तीनजना साथीहरूलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ।

everest bank

पुरस्कार प्याकेजमा मुम्बई आवत–जावत हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथा वानखेड़े स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ।

अभियानबारे टिप्पणी गर्दै एसियन थाई फुड का निर्देशक आशिषजाजुले भने, “टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण हो। ‘डेभिल्स खाउँ,मुम्बई जाउँ’ मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौं। क्रिकेटले लाखौं मानिसलाई जोड्छ र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो।”

“डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै, खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ बलियो बनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?