काठमाडौँ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा “काठमाडौँ महोत्सव २०८२ – Kathmandu Business Expo 2026” हुने भएको छ । यही माघ १४ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त महोत्सव आयोजना हुने नेपाल उद्योग वाणिज्य संघले पत्रकार सम्मलेनमार्फत जनाएको हो।
काठमाडौँ महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रा.लि.
महोत्सवमा २०० भन्दा बढी अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरू रहनेछन्। स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी, स्टार्टअप तथा नयाँ उद्यमीलाई बजार पहुँच, व्यवसायिक नेटवर्किङ तथा लगानीका अवसरहरू सिर्जना गरिनेछ। साथै, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, फेसन शो, कला–संस्कृतिका प्रस्तुति, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत विविध गतिविधिहरू सञ्चालन गरिनेछ।
आयोजकका अनुसार महोत्सवमा "एक वडा - एक नमूना उत्पादन" अवधारणालाई सहकार्य गर्दै बजार प्रबद्र्धनमा समेत विशेष जोड दिइने छ।
यस्तै, कपडा तथा फेसन, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन, मेसिनरी, फर्निचर, फुड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुरिज्म, रियल स्टेट, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात लगायत विभिन्न क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहने विश्वास आयोजकको छ। महोत्सवमा करिब १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवको उद्घाटन समारोहअन्तर्गत माघ १४ गते बिहान ९ बजे कुमारी घरमा पूजा–आजाबाट कार्यक्रम सुरु भई ९:३० बजे बसन्तपुरदेखि भृकुटीमण्डपसम्म प्रचारात्मक र्याली सञ्चालन गरिनेछ भने बिहान ११ बजे भृकुटीमण्डपमा औपचारिक उद्घाटन समारोह हुनेछ।
महोत्सवका विभिन्न प्रायोजक तथा साझेदार संस्थाहरूको समेत उल्लेखनीय सहयोग रहने आयोजकले जनाएको छ।
भिडियोमा हेर्नुहोस्






































