National life

गैरभन्सार अवरोधको आरोपबीच नेपाली चिया निर्यात पुनः संकटमा

भारतको कडाइले फेरि प्रभावित नेपाली चिया निर्यात

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२१ जेठ २०८३, बिहिबार
2.3kShares
गैरभन्सार अवरोधको आरोपबीच नेपाली चिया निर्यात पुनः संकटमा
ncell

काठमाडौँ । भारतले नेपाली चिया निर्यात प्रक्रियामा पुनः कडाइ गर्दै व्यापारमा अवरोध सिर्जना गरेको छ। करिब तीन सातासम्म सहज बनेको निर्यात प्रणाली जेठ ६ गतेपछि फेरि प्रभावित हुन थालेको हो।

व्यवसायीहरूका अनुसार भारतीय चिया बोर्डले कोलकातासहित विभिन्न गोदाममा पुगेका नेपाली चियाबाट नमुना संकलन गरी प्रयोगशाला परीक्षण सुरु गरेपछि निर्यात गतिविधि सुस्त भएको छ। परीक्षणको नतिजा नआउन्जेल बिक्री तथा वितरण रोक्न निर्देशन दिइएपछि व्यापार लगभग ठप्प भएको उनीहरूको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि वैशाख १८ गते भारतले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर’ लागू गर्दै नेपालबाट आउने चियामा अनिवार्य परीक्षण व्यवस्था गरेको थियो, जसका कारण करिब तीन सातासम्म निर्यात रोकिएको थियो। पछि दबाबपछि ‘र्यान्डम स्याम्पलिङ’को व्यवस्था लागू गर्दै प्रक्रिया केही सहज बनाइएको थियो।

तर अहिले पुनः गोदाममै विस्तृत परीक्षण थालिएपछि निर्यातकर्ताहरू अन्योलमा परेका छन्। भारतीय खरिदकर्ताहरूले समेत परीक्षण प्रक्रियाका कारण किनमेलमा ढिलाइ गर्न थालेका छन्। हाल करिब ५० हजार किलोभन्दा बढी नेपाली चिया भारतीय गोदाममै थन्किएको अनुमान गरिएको छ।

व्यवसायीहरूले भारतको पछिल्लो कदमलाई गैरभन्सार अवरोधका रूपमा व्याख्या गरेका छन्। नेपालमा वार्षिक उत्पादन हुने करिब २ करोड ६० लाख किलो चियामध्ये ठूलो हिस्सा भारतमै निर्यात हुने भएकाले यस्ता अवरोधले उद्योगमा प्रत्यक्ष असर पार्ने देखिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?