National life

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको कस्तो छ वित्तिय अवस्था ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
962Shares
बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको कस्तो छ वित्तिय अवस्था ?
ncell

काठमाडौं। पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको समग्र वित्तीय अवस्था निकै राम्रो देखिएको छ ।

यस कम्पनी उपलब्ध गराएको तथ्यांक अनुसार सर्वोत्तमको पछिल्ला वर्षको वित्तीय सूचकहरु सन्तोषजनक देखिएका छन् । यसको साधारण लगानी फिर्ता हुने अवधि जम्मा ३ वर्ष ९ महिना रहेको छ । यो तुलनात्मक रुपमा धेरै कम समय मान्न सकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भावी रणनीति र दीर्घकालिन योजनाहरु पनि राम्रो बोकेर अघि बढेको देखिएको छ । सोही योजनालाई मुल्याङकन गरेर नै रेटिङ एजेन्सीले यसलाई रेटिङ प्रदान गरेको छ ।

कस्तो छ यसको रेटिङ ?

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यसलाई ‘इक्राएनपी आइआर बीबीबी” प्रदान गरेको छ । यसले समयमानै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्ने मध्यम स्तरको क्षमता रहेको संस्था भन्ने बुझिन्छ ।

आगामी वर्षका लागि कस्तो छ वित्तीय प्रक्षेपन ?

सर्वोत्तम सिमेन्टले आगामी वर्षहरुमा हरेक वर्ष खुद नाफा बढ्ने प्रक्षेपन गरेको छ । यसले चालू आर्थिक वर्षमा ८२ करोड ८४ लाख रुपैयाँ, आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड ८२ लाख र २०८२/८३ मा १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपन गरेको छ ।

यता, कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ७ अर्ब ३५ करोड २८ लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ लाख रुपैयाँको उक्त आम्दानी गरेको देखिएको छ । गत वर्ष भने यसको व्यापार ५ अर्ब ३८ करोडमा झरेको छ । तर अन्य आम्दानी भने बढेको देखिएको छ ।

आगामी वर्ष सञ्चालन आम्दानी पनि बढ्दै जाने कम्पनीको प्रक्षेपन छ । यसले चालु आर्थिक वर्ष ७ अर्ब ८९ करोड, आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब १४ करोड र २०८२/८३ मा ८ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन आम्दानी गर्ने जनाएको छ ।

वित्तीय खर्च पछिल्ला वर्षहरुमा घट्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ५४ करोड ४३ लाख रेहको वित्तीय खर्च २०७८/७९ मा ३२ करोड ५४ लाखमा सीमित बनेको छ । गत वर्ष भने यसले ४० करोड ९० लाख खर्च गरेको थियो ।

चुक्ता पुँजी, जगेडा कोष र लाभांश वितरण दर

आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । हाल जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको यस कम्पनीको चालु आर्थिक वर्ष ४ अर्ब ९८ करोड रिजर्भ हुने प्रक्षेपन गरेको छ ।

त्यसैगरी, प्रतिसेयर नेटवर्थ गत वर्षको असारमा १८५ रुपैयाँ १९ पैसा रहेको छ । चालु आर्थिक वर्ष २०७ रुपैयाँ २२ पैसा पुग्ने प्रक्षेपन गरिएको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा रहेको छ । चालु आर्थिक वर्ष १७ रुपैयाँ ८२ पैसा हुने प्रक्षेपन कम्पनीको छ ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको नगद लाभांश र ६५ करोडको बोनस सेयर वितरण गरेको थियो । त्यसयताको नाफा भने सञ्चितिमा रहेको छ । जसले कम्पनीलाई थप बलियो बनाएको छ ।

अब सेयरधनीलाई सोही अनुसार हरेक वर्ष डबल डिजिट लाभांश वितरण गर्ने जनाएको छ । यसले आर्थिक वर्ष २०८० देखि २०८ सम्म हरेक वर्ष क्रमशः २०, २५ र ३० प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।

यसले आफ्नो उत्पादन पनि सोही अनुसार बढाउने भएको छ । उपलब्ध आह्वान पत्र अनुसार यो कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा कुल बिक्रीमध्ये निर्यातबाट १० हिस्सा प्राप्त गर्ने जनाएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा १५ र २०८२/८३ मा २० प्रतिशत निर्यातबाट हिस्सा प्राप्त हुने जनाएको हो । यसको भारतीय सिमेन्ट ब्राण्ड कम्पनीहरुसँग सहकार्य गरी नयाँ आवश्यकता अनुसार ब्राण्ड थप गर्ने योजना रहेको छ ।

उत्पादन क्षमता कति ?

सर्वोत्तमको उत्पादन क्षेमता ९ लाख ९० हजार मेट्रिक टन रहेको छ । यसले गत वर्ष ४ लाख ८५ हजार टन सिमेन्ट बिक्री गरेको छ । कम्पनीको आफ्नै चुनढुङ्उ खानी पनि रहेको छ । यसले प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार ९प्रति बोरा केजीको ६० हजार बोरा ० उत्पादन क्षमता छ ।

कर्जा तिरेर नाफा बढाउने योजना

सर्वोत्तमले आइपीओबाट संकलन गरेको रकमलाई कर्जा तिर्न प्रयोग गर्ने भएको छ । यसले विभिन्न बैंकहरुको २ अर्ब २३ करोड ७३ लाख रुपैयाँ कर्जा तिर्ने भएको छ । जसले गर्दा यसको नाफा बढ्ने देखिएको हो ।

बुक बिल्डिङ विधि भनेको के हो, यसको सेयर मूल्य कसरी निर्धारण गरिन्छ ?

योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण गर्ने बिधि बुक बिल्डिङ बिधि हो । सामान्य भाषामा बुझ्दा बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो ।

सबै भन्दा पहिला कम्पनीले संस्थागत लगानीकर्ताहरुसँग कति कित्ता सेयर किन्ने र कति मूल्यमा किन्ने भन्ने कुराको जानकारी संकलन गर्छ ।

त्यसपछि कम्पनी र बिक्री प्रबन्धक मिलेर एउटा प्राइस रेन्ज तयार गर्दछन् । कुनै प्राइस रेन्जमा बिडिङ गराएर एउटा कट् अफ् मूल्य निर्धारण हुन्छ ।

नेपालको सन्दर्भमा योग्य संस्थागत लगानीकर्ताबाट आएको कटअफमा १० प्रतिशत कममा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
962SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?