National life

सडकमा डोजर तेर्साएर प्रधानमन्त्री निवास अगाडी निर्माण व्यवसायीको विरोध प्रर्दशन (फाेटाेफिचर)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
1.4kShares
सडकमा डोजर तेर्साएर प्रधानमन्त्री निवास अगाडी निर्माण व्यवसायीको विरोध प्रर्दशन (फाेटाेफिचर)
ncell

काठमाडाैं । निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् । आज उनीहरूले ४ वटा डोजर र अन्य यन्त्रहरु सहित बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शन नेपाल निर्माण व्यवसायी महासंघका उद्योगमा भएका समस्यालाई छिटो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सरकारले बनाएका योजनाहरू ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेका भएपनि श्रोत नभएको योजनाहरूको म्याद थप गर्न लागेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भनेपनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीहरूलाई काममा फर्काउनको लागि ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्ने , सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने व्यावसायीहरुले चेतावनी दिएका छन् ।

व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपनर्,े जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?