National life

भुक्तानी र मूल्यवृद्धिको गुनासोपछि सरकारको आश्वासन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०८ जेठ २०८३, शुक्रबार
1.8kShares
भुक्तानी र मूल्यवृद्धिको गुनासोपछि सरकारको आश्वासन
ncell

काठमाडौँ । निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको, लागत बढेको र म्याद थपमा समस्या भएको गुनासो गरेपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यी चुनौती समाधान गर्न तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा व्यवसायीहरूले आफ्ना समस्या राखेका थिए। त्यसपछि मन्त्री लम्सालले निर्माण कार्य समयमै सम्पन्न गर्न र गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गरे। उनले तोकिएको मापदण्डअनुसार काम गर्न र व्यवसायीहरूले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रीले वर्तमान आर्थिक अवस्था र मूल्यवृद्धिको प्रभावबारे सरकार जानकार रहेको उल्लेख गर्दै विशेषगरी इन्धनको मूल्य बढ्दा निर्माण क्षेत्रमा ठूलो असर परेको बताए। मन्त्रालय करिब ३७ अर्ब रुपैयाँ घाटामा रहे पनि व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको उनको भनाइ छ।

उनका अनुसार मूल्य समायोजनका विषयमा नेपाल राष्ट्र बैंक को सूचकलाई आधार मानेर काम भइरहेको छ। आवश्यक परे केही आयोजनामा कानुन संशोधन गरेरै भए पनि म्याद थप र लागत समायोजन गरिने उनले स्पष्ट पारे।

राज्य र निर्माण व्यवसायीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले काममा ढिलाइ गर्नेप्रति कडा कदम चालिने चेतावनी दिए। सार्वजनिक निर्माण ढिला हुँदा विकासमा असर पर्ने भएकाले महत्वपूर्ण आयोजना नरोक्न उनले निर्देशन दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?