National life

ठेक्का सम्झौताको सर्त उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१४ कात्तिक २०८२, शुक्रबार
1.4kShares
ठेक्का सम्झौताको सर्त उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी
ncell

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाले चितवनका विभिन्न ठेक्का सम्झौताको सर्त उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आयोजनाले एक सूचना प्रकाशित गर्दै विभिन्न निर्माण कार्यहरूको ठेक्का लिई तोकिएको समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको चेतावनी दिइएको हो।

सूचनामा भनिएको छ,'निर्माण कार्य गर्न सम्झौता गरी सम्झौता बमोजिम तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको हुँदा निर्माण कार्य सम्पन्न गर्नका लागि यस अवधि पनि पटक पटक लिखित पत्र तथा मौखिक निर्देशन मार्फत आग्रह गर्दा समेत लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्न तदारुकता नदेखाएकोले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौताको सर्त बमोजिम ठेक्का किन नतोडिने रु ठेक्का नतोड्नुपर्ने कुनै मनासिब कारण भएमा यो सूचना प्रकाशित मितिले १५ (पन्ध्र) कार्यादिन भित्र लिखित रूपमा स्पष्ट जवाफ सहित निर्माण व्यवसायी स्वयं उपस्थित हुन सूचित गरिन्छ । अन्यथा ठेक्का सम्झौताको सर्त बमोजिम कारबाही अघि बढाइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।'

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चितवन जिल्ला भरतपुर महानगरपालिकाका विभिन्न पोखरी, पार्क, हाटबजार निर्माण कार्य, रामग्राम नगरपालिका वडा नं. २ स्थित हाट बजार निर्माण सुधार कार्य र रत्ननगर सभहल निर्माणमा विलम्ब भएको आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?