National life

अवरुद्ध बीपी राजमार्ग करीब दुई हप्तापछि एकतर्फी रुपमा सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८१, शनिबार
662Shares
अवरुद्ध बीपी राजमार्ग करीब दुई हप्तापछि एकतर्फी रुपमा सञ्चालनमा
ncell

काठमाडौं । गएको असोज १०, ११ र १२ गतेको अविरल बर्षापछिको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग दुई हप्तापछि शुक्रवारदेखि सञ्चालनमा आएको छ ।

काठमाण्डौलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बीपी राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्गमा हिजो काभ्रको रोशी गाउँपालिका–९ मङ्गलटारमा डाइभर्सन बनाएसँगै एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढीपहिरोले नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको झन्डै दुई सय मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको छ ।

Royal Enfield
nic asia capital

सडकको अवस्था भने जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?