काठमाडौँ । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द हुने भएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको छ। सडक खण्ड अन्तर्गत चौकी डाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म मर्मतका लागि रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाइएको छ।
बीपी राजमार्गको प्रस्थान बिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खे खोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ।


































