National life
cg eloctronics

सेयरधनीलाई बोनस सेयर बाड्फाड्को प्रस्ताव सहित युनाइटेड अजोडले डाक्यो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ माघ २०८०, आइतबार
822Shares
सेयरधनीलाई बोनस सेयर बाड्फाड्को प्रस्ताव सहित युनाइटेड अजोडले डाक्यो साधारण सभा
muktinatha bikash bank

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा फागुन ६ गते बिहान ११ बजे सुरु हुने इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।

सभामा कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिएको छ । साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरिने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि राखिएको छ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जनाको निर्वाचन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?