National life

नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
700Shares
नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री (डिबेन्चर) बन्द गरेको छ।

बैंकले २९ मंसिरदेखि ३ पुससम्म प्रतिकित्ता एक हजार रुपैयाँका दरले तीन अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। यस अवधिमा मागभन्दा बढी आवेदन परेको जानकारी बैंकले दिएको छ। पहिलो पटक दिएको समयमै सबै डिबेन्चर बिक्री भएको बैंकको भनाइ छ।

Royal Enfield
nic asia capital

बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेको थियो।

सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ । सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?