काठमाण्डौ। नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
बैंकले प्रतिऋणपत्र रु.१,००० अंकति मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने रु.
साथै १६ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ६० करोड ऋणपुँजी रकम (सोमध्ये ५ प्रतिशत अर्थात ६५ हजार कित्ता) ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।
नबिल बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।
































