National life

नबिल बैंकले बोलायो ४२औँ साधारण सभा, सेयरधनीलाई बोनस र नगद लाभांश, बुक क्लोज कहिले ?

सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|३१ भदौ २०८३, बुधबार
919Shares
नबिल बैंकले बोलायो ४२औँ साधारण सभा, सेयरधनीलाई बोनस र नगद लाभांश, बुक क्लोज कहिले ?
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ४२औँ वार्षिक साधारण सभा आगामी असोज २२ गते बिहीबार बोलाएको छ । बैंकका अनुसार सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

सभामा साधारण सेयरधनीका लागि चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, नबिल बैंकका ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभामा लगिनेछ ।

सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ । बोनस सेयर वितरण तथा पुँजी वृद्धिका आधारमा बैंकको प्रबन्धपत्र तथा नियमावलीका सम्बन्धित व्यवस्था संशोधन गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ ।

यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा रहेको छ ।

सभामा संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गरिनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा वैदेशिक रणनीतिक साझेदारीमा जाने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पेश गरिनेछ ।

यसका अतिरिक्त आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय प्रतिवेदनहरू पारित गर्ने प्रस्ताव रहेको छ ।

सभाले बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नबिल स्टक डिलरको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १३ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?