National life
cg eloctronics

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित, बोनस र नगद कति?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२३ असोज २०८३, शुक्रबार
730Shares
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित, बोनस र नगद कति?
ncell

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई कुल १०.२५६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावअनुसार सेयरधनीले ४ प्रतिशत बोनस सेयर र ६.२५६३ प्रतिशत नगद लाभांश पाउनेछन्। नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको बोनस सेयर तथा २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। यसअनुसार कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ सेयरधनीलाई बाँडिनेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि सुजन काफ्ले एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?