National life

दश महिनाको अवधिमा विदेश पढ्न जाने विद्यार्थीसँगै बाहिरियो १ खर्ब १२ अर्ब बढी रकम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
1.4kShares
दश महिनाको अवधिमा विदेश पढ्न जाने विद्यार्थीसँगै बाहिरियो १ खर्ब १२ अर्ब बढी रकम
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा विदेश पढ्न गएका नेपाली विद्यार्थीसँगै मुलुकबाट १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको १० महिनासम्मको देशको वर्तमान आर्थिक वित्तीय अवस्था अनुसार १० महिनामामा उल्लेखित रकम बाहिरिएको उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो ।

अघिल्लो आवको १० महिनाको तुलनामा विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ।

Royal Enfield
nic asia capital

चालु आर्थिक वर्षको ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बाहिरिएको छ। उक्त रकममध्ये १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा भ्रमण व्यय १७.९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षका १० महिनामा विदेश गएका नेपालीसँगै एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?