National life

नौ महिनामा कुल वस्तु निर्यात ६५.२ % र आयात १२.२ प्रतिशतले बढ्यो, कुन देशमा कति निर्यात ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
880Shares
नौ महिनामा कुल वस्तु निर्यात ६५.२ % र आयात १२.२ प्रतिशतले बढ्यो, कुन देशमा कति निर्यात ?
ncell

काठमाडौँ– चालु आर्थिक वर्ष २०८/८२ को नौ महिनाको अवधिमा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई १८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी आएको थियो।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत २५.८ प्रतिशतले वृद्धि भएको छ।

Royal Enfield
nic asia capital

त्यस्तै, वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, खोटोको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जुश, तयारी पोसाकको निर्यात घटेको छ। नौ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३०९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो।

केन्द्रीय बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.७ प्रतिशत, १४.४ प्रतिशत र २४.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल धान, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ।

आर्थिक वर्ष २०८१ र ८२ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११२१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात आयात अनुपात १४.४ प्रतिशत पुगेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
880SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?