National life

गाडी कर्जामा ४.१ प्रतिशतको वृद्धि, दश महिनामा सवा १ खर्ब रुपैयाँ बढी प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
995Shares
गाडी कर्जामा ४.१ प्रतिशतको वृद्धि, दश महिनामा सवा १ खर्ब रुपैयाँ बढी प्रवाह
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाखसम्म गाडी कर्जा शीर्षकमा बैंकहरुबाट सवा १ खर्ब रुपैयाँ भन्दा बढी प्रवाह भएको छ।

मंगलवार साँझ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुबाट १ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा गाडी कर्जा ४.१ प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो वर्ष असार मसान्तसम्म १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो। समीक्षा अवधिसम्म बैंकहरुबाट व्यावसायिक प्रयोजनका लागि ८६ अर्ब ८३ करोड रुपैयाँ गाडी कर्जा गएको छ।

गत असारसम्म व्यावसायिक प्रयोजनका लागि बैंकहरुबाट ८७ अर्ब २६ करोड रुपैयाँ गाडी कर्जा गएको थियो। असारको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा गएको कर्जा ०।५ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म बैंकबाट व्यक्तिगत प्रयोजनका लागि ४२ अर्ब ३३ करोड रुपैयाँ गाडी कर्जा गएको छ। जुन गत असारसम्मको तुलनामा १४.९ प्रतिशतले बढी हो।

यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?