National life

अकामा होटेलले आईपीओ निष्कासन प्रस्तावसहित साधारण सभा डाक्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
515Shares
अकामा होटेलले आईपीओ निष्कासन प्रस्तावसहित साधारण सभा डाक्यो
ncell

काठमाडौ । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी मंसिर २७ गते अपरान्ह २ बजे रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाण्डौमा साधारणसभा डाकेको हो । सभाको विविध प्रस्तावमा आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव रहेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहित २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण,चालू आव २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

Royal Enfield
nic asia capital

कम्पनी अन्तरगत सानिमा ग्रूपले काठमाण्डौको धुम्बाराहीमा चारे तारे डिलक्स होटेल अकामा सञ्चालन गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?