काठमाडौँ । मल्टीपर्पस फाइनान्सले युनाइटेड अजोड इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले उक्त ईन्सोरेन्सको नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो। यसमा कम्पनीका संस्थापक सेयर धनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आज ९वैशाख १० गते० बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
कम्पनीको कर्पोरेट कार्यालय, जनकपुरधाम, बिद्यापति चोकमा खरिद गर्न चाहेको सेयर सङ्ख्या खुलाई आवेदन दिनुपर्नेछ। सेयर भाउ भने बिक्रेताले तोको बमोजिम हुने सूचनामा उल्लेख छ।
तोकिएको समयमा संस्थापक सेयर धनीबाट सेयर खरिद गर्न निवेदन नआएमा अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीको भनाई छ ।



































