National life

अब कालोसूचीमा परेकाले कम्पनी,संस्थाले पनि बैंक खाता खोल्न सक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
659Shares
अब कालोसूचीमा परेकाले कम्पनी,संस्थाले पनि बैंक खाता खोल्न सक्ने
ncell

काठमाडौं । कालोसूचीमा परेका व्यक्ति, कम्पनी, संस्था तथा फर्महरुले पनि सामाजिक सुरक्षा भत्ता तथा पेन्सन प्राप्त गर्ने प्रयोजनका लागि खाता खोल्न मिल्ने नया व्यवस्था भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशन, २०८० को संशोधित व्यवस्था अनुसार कानुन बमोजिम सामाजिक सुरक्षा भत्ता तथा पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न पाउने व्यवस्था गरेको हो ।

संशोधन हुनुअघिको कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न नपाउने तथा कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैंकिङ गर्न नपाइने व्यवस्था थियो ।

संशोधनपश्चात भने कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थालगायतले बैंक तथा वित्तिय संस्थामा खाता खोल्न नपाए पनि सामाजिक सुरक्षा भत्ता तथा पेन्सन रकम प्राप्त गर्ने प्रयोजनका लागि भने खाता खोल्न पाउने भएका छन्।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?