National life

अब नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ, चीन भ्रमणमा ऊर्जा विकासमा दूरगामी महत्त्व राख्ने सम्झौता हुन्छ : प्रधानमन्त्री

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
587Shares
अब नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ, चीन भ्रमणमा ऊर्जा विकासमा दूरगामी महत्त्व राख्ने सम्झौता हुन्छ : प्रधानमन्त्री
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल हरित ऊर्जाको केन्द्र बन्ने बताएका छन् । विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्वसमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।

चीन भ्रमणमा ऊर्जा विकासमा दूरगामी महत्त्व राख्ने सम्झौता हुने बताए । उनले चीन भ्रमणले नेपालको ऊर्जा क्षेत्रलाई ठूलो सन्देश दिने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुलमानको इमानदारी, मेहनत, संकल्पबाट १८ घन्टाको लोडसेडिङ हटेको उनको भनाइ छ । ऊर्जाको विकासका लागि आन्तरिक खपत बढाउने र आन्तरिक बजारमा पुग्ने दिएर निर्यात गर्ने नीति लिइने प्रधानमन्त्रीले बताए ।

योग्य र सक्षम प्राधिकरणबाट १२ सय मेगावाटको बूढीगण्डकी आयोजना र १० हजार बढी मेगावाटको कर्णाली-चिसापानी आयोजना अघि बढाउने सरकारको तयारी रहेको उनले जानकारी दिए ।

सरकारले नयाँ विद्युत ऐन, नीति, निर्देशिका ल्याउने र सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन नीतिमा लाग्नुपर्ने उनले बताए । सरकारले नयाँ विद्युत् ऐन र अन्य आवश्यक नीति/निर्देशिका ल्याउनसमेत कुनै कसर बाँकी नराख्ने उनले बताए । ऊर्जा सुरक्षालाई पनि एकीकृत राष्ट्रिय सुरक्षाकै अङ्गको रूपमा लिँदै जलविद्युत्को प्रचुर उत्पादनबाट हरित, स्वच्छ ऊर्जा उत्पादकका रूपमा नेपालको अन्तर्राष्ट्रिय जगत्मा समेत परिचय स्थापित गरी सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता पूरा गर्न कार्ययोजनासाथ अघि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

साथै यसै वर्षायामभित्र नेपाल–बङ्गलादेश विद्युत् व्यापार सुरू हुने गरी नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?