National life

अमेरिकाले थाल्यो इरानमाथि लडाइँ, इरानी आणविक केन्द्रमा बम आक्रमण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
482Shares
अमेरिकाले थाल्यो इरानमाथि लडाइँ, इरानी आणविक केन्द्रमा बम आक्रमण
ncell

काठमाडौं । आज बिहानै अमेरिकाले इरानका तीन वटा आणविक उर्जा उत्पादन सम्बन्धी केन्द्रमा आक्रमण गरेको छ । अमेरिकाले बम वर्षक बिटुबी जहाज प्रयोग गरी विभिन्न तीन केन्द्रमा आक्रमण गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले फोर्डो, नातान्ज र इस्फाहान आणविक केन्द्रमा बम आक्रमण गरेको हो । एउटा केन्द्रमा कति वटा बम खसालियो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

Royal Enfield
nic asia capital
इरानी सञ्चार माध्यमहरूले पनि अमेरिकाले आक्रमण गरेको स्पष्ट पारेका छन् ।

अमेरिका इरानसँग युद्धमा सहभागी भएपछि विश्व अर्थतन्त्रमा नयाँ हलचल आउने विश्लेषण गरिएको छ । इरान पनि एक्लै नभई रसिया, चीनको साथमा रहेकोले इरान इजरायल युद्ध नयाँ चरणमा प्रवेश गरेको रूपमा आजको घटनालाई हेरिएको छ ।

हालसम्म इरान अफगानिस्तान युद्धमा अलग्गै रहँदै आएको अमेरिका अन्ततः इजरायलको पक्षमा इरानमाथि आक्रमण गर्न पुगेको छ । यसले अब अमेरिका उक्त युद्धमा समावेश हुन पुगेको छ । मध्यपूर्वमा करिब एक दर्जन सैन्य बेसक्याम्प खडा गरेको अमेरिकाले इरानमा आक्रमण गरेसँगै ति स्थानमा रहेको सैन्य बेसक्याम्पमा आक्रमण वृद्धि हुने विश्वास गरिएको छ ।

अमेरिकाले आज प्रयोग गरेको बम जिबियु ५७ म्यासिभ अर्डनेन्स पेनिट्रेटर (एमओपी) हो । यसले जमिनभित्र घुसेर बंकर ध्वस्त पार्ने क्षमता राख्दछ । जमिनभित्रबाट ६१ मिटर तलसम्म क्षति पुर्‍याउन सक्छ । यो बमको वजन ३० हजार पाउण्ड वजन रहेको छ ।

उता, यसअघि १४ अप्रिल २०१७ मा अमेरिकाले अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा तालिवानी विद्रोहीका विरुद्धमा अमेरिकाले मदर अफ अल बम प्रयोग गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?