National life

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
433Shares
अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको निष्कर्ष
ncell

काठमाण्डौ । अर्थ मन्त्रालयले देशको अर्थतन्त्रले गति लिएको जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्मको स्थितिको समीक्षा गर्दै मन्त्रालयले त्यस्तो निष्कर्ष निकालेको हो । अर्थ मन्त्रालयद्वारा प्रकाशित पछिल्लो अर्थ बुलेटिनमा भनिएको छ, "अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरूमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।"

Royal Enfield
nic asia capital

समग्र अर्थतन्त्रमा गति लिएको भनी मन्त्रालयले दाबी गरेपनि व्यापार घाटा भने बढेको छ । गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ६.२ प्रतिशतले बढेर ९ खर्ब ८७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कुल वस्तु निर्यातको वृद्धिदर आयातको तुलनामा बढी भएपनि निर्यातको आकारका कारण व्यापार घाटा बढ्न पुगेको मन्त्रालयको ठम्याइ रहेको छ ।

अर्थ मन्त्रालयको अर्थ बुलेटिन पढ्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?