National life

अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
648Shares
अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित
ncell

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ ।

बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए ।

बैठकमा समितिका सदस्य उपेन्द्र यादवले सामान्य त्रुटि नराखी सोझै धितोसम्बन्धी भनेर उल्लेख गरिनुपर्ने बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका समितिका अर्का सदस्य डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानुनमा सामान्य त्रुटिको परिभाषा गरिएकाले त्यसै अनुसार यसलाई समाधान गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिति सदस्य डा स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानुनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताए । समिति सदस्य ज्ञानबहादुर शाहीले सामान्य त्रुटि भनेको के के हो भन्ने उल्लेख हुनुपर्छ भने ।

बैठकमा समितिका सदस्यहरु छिरिङडम्गुल लामा, जुलीकुमारी महतो, गंगा कार्की, नारायणप्रसाद आचार्यलगायतले सामान्य त्रुटिका विषयलाई मिलाएर विधेयक पारित गरिनुपर्ने सुझाव दिएका थिए । रासस

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?