National life

अवैध चिनी आयातमा सरकारको कडाइ पछि स्वदेशी चिनी उद्योगीहरूलाई ठूलो राहत

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
986Shares
अवैध चिनी आयातमा सरकारको कडाइ पछि स्वदेशी चिनी उद्योगीहरूलाई ठूलो राहत
ncell

काठमाडौं। नेपाल–भारत खुला सिमानाबाट अवैध रूपमा चिनी आयात रोक्न सरकारले कडाइ गरेपछि स्वदेशी चिनी उद्योगीहरूले त्यसको स्वागत गरेका छन्। नेपाल चिनी उद्योग संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको पछिल्लो कदमले संकटमा परेका देशभित्रका चिनी उद्योग तथा उखु किसानलाई ठूलो राहत पुगेको जनाएको छ।

संघका अनुसार लामो समयदेखि खुला सिमानाको फाइदा उठाउँदै भन्सार छलेर सस्तो दरको चिनी भित्रिने क्रम बढेपछि घरेलु उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको थियो। यसले उद्योगहरूको आर्थिक अवस्था कमजोर बनाउँदै ठूलो वित्तीय दबाब सिर्जना गरेको संघको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उत्पादन भएको चिनी बिक्री नहुँदा धेरै उद्योग सञ्चालनमा कठिनाइ भइरहेको थियो भने उखु किसानलाई समयमै भुक्तानी दिन नसक्ने अवस्था पनि उत्पन्न भएको थियो। हाल सरकारले सीमा क्षेत्रमा निगरानी र नियन्त्रण कडा बनाएपछि यो समस्या समाधानतर्फ उन्मुख भएको संघले जनाएको छ।

संघले सरकारको कदमले स्वदेशी चिनीको बिक्री सहज हुने र उद्योगहरूको आर्थिक अवस्था सुधारिने अपेक्षा व्यक्त गरेको छ। उद्योगहरू बलियो भए किसानलाई पनि समयमै भुक्तानी दिन सकिने र उनीहरूले बैंक ऋणको किस्ता तिर्न समेत सहज हुने संघको विश्वास छ।

नेपालमा हाल १३ वटा चिनी उद्योग सञ्चालनमा रहेका छन् भने करिब ६० हजार किसान परिवार प्रत्यक्ष रूपमा उखु खेतीमा निर्भर रहेको संघले जनाएको छ। साथै उखु खेती, कटानी, ढुवानी लगायतका काममा दैनिक ५० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
986SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?