National life

आइएमई ग्रुको २ अर्ब लगानीमा कागज उद्योग स्थापना, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ फागुन २०८१, बिहिबार
687Shares
आइएमई ग्रुको २ अर्ब लगानीमा कागज उद्योग स्थापना, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन
ncell

काठमाडौँ। आइएमई ग्रुपद्वारा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगरमा सञ्चालनमा आएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको उद्घाटन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरण मैत्री क्याल्सियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरेका हुन्।

उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गर्ने भएको छ ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्ने विश्वास उद्योगको रहेको छ ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभएर नेपालको औद्योगिक यात्रामै नव जागरणको सुरुवाट भएको बताएका छन् ।

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताको रूपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैँसे’को उदाहरण बनेको पनि उल्लेख गरे।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउँदै अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौँका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारी समेत गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरू समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरूलाई अवसर दिने भएको छ।

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?