काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिद दर १५५ रुपैयाँ ०३ पैसा र बिक्री दर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८० रुपैयाँ ९६ पैसा र बिक्री दर १८१ रुपैयाँ ७६ पैसा, स्वीस फ्य्राङ्क एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको जनाएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३८ पैसा र बिक्री दर ९८ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ९१ पैसा र बिक्री दर १०४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५८ पैसा र बिक्री दर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ६६ पैसा र बिक्री दर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ११ पैसा र बिक्री दर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ८८ पैसा र बिक्री दर ३१ रुपैयाँ २ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ५७ पैसा र बिक्री दर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५६ पैसा र बिक्री दर १७ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ५४ पैसा र बिक्री दर ४४६ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ६१ पैसा र बिक्री दर ३६३ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ३ पैसा र बिक्री दर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।



































