National life

आइफोनको बिक्री उत्साहजनक, पहिलो ३ हप्तामा २० प्रतिशतको वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
536Shares
आइफोनको बिक्री उत्साहजनक, पहिलो ३ हप्तामा २० प्रतिशतको वृद्धि
ncell

काठमाडौं । एप्पलको नयाँ सिरिजको आइफोनले चिनियाँ बजारमा उत्कृष्ट सुरुवात हासिल गरेको एक अध्ययनले देखाएको छ ।

काउन्टरप्वाइन्टको रिपोर्टलाई आधार मान्ने हो भने चिनियाँ बजारमा बिक्री सुरु भएको सुरुवाती ३ हप्तामै नयाँ मोडेलको आइफोनको बिक्री अघिल्लो संस्करणको तुलनामा २० प्रतिशतले बढी देखाएको छ ।

चीनमा गत सेप्टेम्बर २० बाट एकैदिन एप्पल र हुवावेका नयाँ फोनको बिक्री सुरु भएको थियो । यसले पनि विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारको रुपमा रहेको चीनमा स्मार्टफोन ब्राण्डहरुबीचको तीव्र प्रतिस्पर्धा प्रष्ट हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काउन्टर प्वाइन्टका अनुसार चीनमा आइफोन १६ सिरिजको बिक्री उच्च देखिएको छ । त्यसमध्ये पनि आइफोन १६ प्रो र प्रो म्याक्स मोडेलप्रतिको आकर्षण सबैभन्दा बढी देखिएको छ ।

आइफोन १६ प्रो र प्रो म्याक्सको बिक्री १५ संस्करणका सोही मोडेलका आइफोनको तुलनामा ४४ प्रतिशतले बढी देखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?