National life
cg eloctronics

आगामी वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
484Shares
आगामी वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसमाथि प्रतिनिधिसभामा २२ वैशाखदेखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो । छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमाथि आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसपछि सभामुखले नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ती सबै अस्वीकृत भएपछि अन्तिममा सभामुख देवराज घिमिरले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।

आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका छन् ।

आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक ९बजेट० संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?