National life

आज डलरको भाउ स्थिर: डलरमा मूल्य स्थित रहदा वा घट्दा नेपाललाई के फाईदा हुन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
514Shares
आज डलरको भाउ स्थिर: डलरमा मूल्य स्थित रहदा वा घट्दा नेपाललाई के फाईदा हुन्छ ?
ncell

काठमाडौं । अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ। युरोपियन युरोको भाउ थौरै बढ्दा र बेलायती पाउण्ड स्टर्लिङको दर भने थोरै घटेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.३३ रुपैयाँ र खरिद दर १३२.७३ रुपैयाँमा स्थिर छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, आज १ युरोको बिक्री दर १४६.८६ रुपैयाँ र खरिद दर १४६.२० रुपैयाँ रहेको छ।

हिजो १ युरो १४६.८२ रुपैयाँमा बिक्री भएको थियो। हिजो १ पाउण्डको बिक्री दर १६९.३५ रुपैयाँ रहेकोमा आज १६९.२९ रुपैयाँ कायम भएको छ। विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात-निर्यात, जनस्तरको सम्पर्क र आवतजावत जस्ता विषयका कारण डलरको भाउमा हुने उतारचढावले सोझा असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्दछ ।

त्यस्तो असर असल र खराब दुवै किसिमका हुने गर्छन्।

नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली निकासी वा सामानको भाउ अन्तर्राष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्छ र निकासीलाई यसले टेवा पुग्न सक्छ। तर नेपालको निर्यात वा निकासी सीमित छ।

त्यसैले निकासीको परिमाण र वस्तु सीमित भएकाले यसबाट हुने फाइदा पनि स्वाभाविक रूपमा सीमित नै हुने देखिन्छ। नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ।

nic asia capital

पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने गर्छ। देशको विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पुर्‍याउँछ।

 

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?