काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारको अन्तिम दिन आज बिहीबार ७.८१ अङ्कले घट्दै २,७५९.३८ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ०.२८ प्रतिशतले ओरालो लागेको हो।
आज कुल ५ अर्ब २ करोड १ लाख ४ हजार ८१६ रुपैयाँ बराबरका १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर किनबेच भए । यस्तै कारोबारको संख्या भने ५६ हजार ८२४ रहेको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ५३ कम्पनीको शेयरमूल्य बढ्यो भने १९७ कम्पनीको मूल्य घटेको छ । आज कुल ३१९ वटा कम्पनीका शेयर किनबेच भएका थिए ।
आजको दिनमा सबैभन्दा बढी कारोबार हिमालय रिइन्स्योरेन्स लिमिटेडको भएको छ। कम्पनीको कुल कारोबार रकम २४ करोड ९ लाख ५० हजार रुपैयाँ रह्यो ।
आज निर्जीवन बीमा समूहको उपसूचक मात्र हरियो रह्यो भने बाँकी १२ वटै उपसूचक ओरालो लागेका छन्।



































