National life

आज राष्ट्रिय कर दिवस, आवको २०८०/०८१ मा १० खर्ब बढी राजस्व असुली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ मंसिर २०८१, शनिबार
494Shares
आज राष्ट्रिय कर दिवस, आवको २०८०/०८१ मा १० खर्ब बढी राजस्व असुली
ncell

काठमाडौँ । आज राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाउने तयारी भइरहेको छ।

२०५४ मंसिर १ मा नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको रूपमा थालेको हो, सोही समयदेखि सरकारले कर दिवस मनाउँदै आएको छ । आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिक रूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कलगायत कर प्रशासन सञ्चालन गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक वर्ष २०८०/०८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब छ। जुन कुल राजस्व असुलीको करिब ७८.६५ प्रतिशत हो।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो एवं दिगो कर आधारसहितको सबल, सक्षम, पारदर्शी र लगानीमैत्री कर प्रणालीमार्फत आर्थिक सामाजिक विकास गरी सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा गर्नु अपरिहार्य रहेको बताएका छन्।

अर्थमन्त्री विष्णु पौडेलले राजस्वको दायरा विस्तार गरि कर सहभागिता वृद्धि गर्न, कर संकलन लागत घटाउन र कर चुहावट नियन्त्रण गर्न अझै सुधारको आवश्यकता रहेको धारणा राखेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?