काठमाडौं । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदैछ । आर्थिक वर्ष २०८१(८२ मा विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा वेरुजु सहितको प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो ।
महालेखा परीक्षक तोयम रायाले उक्त प्रतिवेदन आज बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्न गर्दैछन् । सो लगत्तै प्रतिवेदन सार्वजनिक गर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
संवैधानिक निकायको रूपमा रहेको महालेखा परीक्षकको कार्यालयले सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षकको काम गर्छ ।

































