National life

आठौं चरणको ‘चेम्बर एक्स्पो’ आयोजना हुँदै, स्वदेशी तथा विदेशी स्टल राखिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
565Shares
आठौं चरणको ‘चेम्बर एक्स्पो’ आयोजना हुँदै, स्वदेशी तथा विदेशी स्टल राखिने
ncell

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा आगामी विहिबारदेखि शुरु हुँदैछ । अन्तरराष्ट्रियस्तरको सफ्टवेयर तथा एआइ प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । सूचना प्रविधिको विकाससंगै चेम्बर एक्स्पोको आर्कषणका रुपमा यो वर्ष सफ्टवेयर तथा एआई प्रोजेक्ट स्टलका रुपमा रहनु सवैभन्दा महत्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरुलाई अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देश भित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।

चेम्बर अफ कमर्सको सूचना प्रविधि समति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यो पटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होम अप्लायन्ससेज, लजिस्टीक आदी सामग्रीहरुको प्रदर्शनीले आगन्तुकहरुका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ । चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउनेछन ।

स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन । ५ दिन सम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए । चेम्बर मेलामा व्युटी पार्टनरको रुपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रुपमा वल्र्ड लिङक, तथा एजुकेशन पार्टनरका रुपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन ।

अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?