काठमाडौँ । सेयर बजारमा आज कारोबार खुलेको आधा घण्टाको आसपासमा डेढ अर्ब माथिको कारोबार भएको छ ।
धेरै लामो समयपछि छोटो समयमै यति ठुलो कारोबार भएको हो । शेयर बजारमा भएको कारोबारको उछाल अनुसार आज पनि सर्किट लाग्ने सम्भावना बढेको छ ।
प्रिओपन सेसनमा २५.५५ अंकले बढेको बजार आज खुलेदेखि केही बढेर घट्यो ।
त्यसपछि फेरि बढेर पुनः घट्यो । घटबढको श्रृंखलाले किन्ने र बिक्री गर्नेबीच राम्रै प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।
हिजो बढेका कारण थोरै भए पनि प्रफिट बुक गर्ने र आज अझै किनेर भविष्यमा राम्रो रिटर्न लिन चाहनेबिच किनबेचको दोहोरी नै चलेको छ । यही कारण बजारमा छिटो छिटो घटबढको शृङ्खला बन्दै गएको छ ।
आइतबार कारोबार सुरु भएको एक घण्टा ९ मिनेटमै ६ प्रतिशतले नेप्से इन्डेक्स वृद्धि भएपछि निर्धारित ३ बजे अघि नै कारोबार बन्द भएको हो । आइतबार जम्मा जम्मी केबल ९ मिनेटको मात्र सेयर कारोबार भो। नेप्सेमा यस्तो दृश्य दुर्लभ मानिन्छ ।





































