National life

आन्दोलनका क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
1.1kShares
आन्दोलनका क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावबारे निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ।

छलफलमा बीमकहरूले साना दाबी तुरुन्तै भुक्तानी गर्न सकिने तर ठूलो दाबी भुक्तानीमा पुनर्बीमकले अग्रिम रकम उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए। साथै, पूर्णरूपमा क्षति भएका सम्पत्तिको सर्भे प्रतिवेदन र सिफारिस पाउन कठिन भएकाले न्यूनतम कागजातमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने सुझाव दिए।

पुनर्बीमकहरूले दाबी भुक्तानीमा सहयोग गर्न तयार रहेको बताएका छन्।

Royal Enfield
nic asia capital
यस अवसरमा कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले बीमा नियमावली, २०८१ अनुसार सङ्क्षिप्त कार्यविधि ल्याउने तयारी भएको जनाउँदै तीन दिनभित्र रायसुझाव दिन आग्रह गरे।

त्यस्तै, बीमा सर्भेयर संघसँगको छलफलमा पनि न्यूनतम कागजातमा प्रतिवेदन बुझाउने, क्षति भएका स्थानमा सर्भेयरको पहुँच सहज बनाउनुपर्ने र सर्भेयरलाई जिम्मेवार बनाउनुपर्ने सुझाव राखियो। सुवेदीले सर्भेयरलाई इजाजतपत्रका आधारमा सहजै काम गर्न सकिने स्पष्ट गरे।

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशकहरू, बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा सर्भेयर संघका पदाधिकारीहरूको सहभागिता थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?