National life
cg eloctronics

इन्डो नेपाल सीएसआर समिट सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|१० जेठ २०८२, शनिबार
1.1kShares
इन्डो नेपाल सीएसआर समिट सम्पन्न
ncell

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क्षेत्रलाई मजबुत बनाउन र नेपाल–भारतबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिफक्याप नेपालको आयोजना तथा जी फाउन्डेसनको को सहकार्यमा ( इन्डो नेपाल सिएसआर समिट काठमाडौँमा सम्पन्न भएको छ ।

कर्पाेरेट क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा प्यानल सेसनहरू राखिएका थिए । प्यानलमा नेपाल तथा भारतका विज्ञहरू समेटिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा उप सभामुख इन्दिरा राना मगरले सीएसआरका कार्यक्रमले ठूलो प्रभाव पार्ने र नेपाली समाज त्यसबाट लाभान्वित हुनसक्ने बताइन् । सीएसआर पैसा मात्र नभएर व्यवसायको कर्तव्य र समाजसेवा पनि भएको उनले दाबी गरिन् । यस्तै उनले बैंक तथा अन्य संस्थाहरूलाई बालबालिकाको क्षेत्रमा पनि सीएसआर कार्यक्रमलाई अघि बढाउन आग्रह गरिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै नेपाल इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्टीजका उपाध्यक्ष एवम् सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआर सम्बन्धी छलफलमा सहभागी हुन पाउँदा खुशी भएको उल्लेख गरे । नेपालका ठूला कर्पोरेटले सीएसआरमा कुनै न कुनै किसिमको सहकार्य गर्दा दिगो विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा विफक्याप नेपालका सिइओ मनोज रेग्मीले सिएसआर समिटबाट प्राप्त रकमले पूर्व नेपालका ३ वटा जिल्ला भोजपुर, सोलुखुम्बु र खोटाङका ४०० जना उद्यमीलाई वित्तीय साक्षरता पनि दिने जानकारी दिए । यस्तै आगामी वर्ष एशिया सीएसआर समिट पनि आयोजना गरिने उनले जानकारी दिए । कार्यक्रमका सत्रहरूमा भारतका विभिन्न संस्थाका प्रतिनिधिहरूले सिएसआरका मोडालीटी प्रभावकारी बनाउनुपर्ने विचार प्रकट गरेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?