National life

इमेज सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न थाल्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
1.2kShares
इमेज सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न थाल्यो
ncell

काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले एक लाख रुपैयाँभन्दा कम बचत गरेका बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ।

बागलुङ शाखामा ६१३ जना बचतकर्तालाई रकम फिर्ता गरिसकेको सहकारीले पोखरा शाखाका १५८ जना बचतकर्तालाई रकम वितरण सुरु गरेको हो। पोखरा शाखामा जम्मा ५२४ जना बचतकर्तामध्ये १५८ जनाको बचत एक लाखमुनि रहेको सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले जानकारी दिए।

Royal Enfield
nic asia capital
उनका अनुसार ती सबैलाई क्रमशः रकम फिर्ता गरिनेछ।

एक लाखभन्दा बढी बचत गरेका बचतकर्तालाई भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्तीको मूल्यमा घर–घडेरी उपलब्ध गराउने तयारी गरिएको समितिले जनाएको छ। यसका लागि समितिले पर्वतस्थित मिना ग्रुप प्रालिसँग सहकार्य गरी प्रक्रिया अघि बढाएको हो। सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा मिना ग्रुपलाई हस्तान्तरण गरिने सम्झौता भएको संयोजक कार्कीले बताए।












यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?