काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। उक्त दिन बजार ४७.७५ अंकले बढेर १९०७ को विन्दुमा कायम हुन पुगेको हो ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा दुई अर्ब एक करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा एक अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्नेमा छ्याङदी हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको शेयरमस्ल्य १० प्रतिशतले बढेको छ भने अन्य आठ कम्पनीको शेयरमूल्य पनि सर्किट लेभलमा पुगेको छ ।






































