National life
cg eloctronics

सेयर बजारमा तीन महिना यता कै उच्च कारोबार , २ कम्पनीको सकारात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
882Shares
सेयर बजारमा तीन महिना यता कै उच्च कारोबार , २ कम्पनीको सकारात्मक सर्किट
ncell

काठमाडौँ। साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज कारोबार भएका ३२० वटा कम्पनीहरूमध्ये २१५ कम्पनीको शेयर मूल्य बढेको छ । मङ्गलवार कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज फाइनान्स कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । अन्य १२ उपसूचकमा हरियाली आएको छ । मङ्गलवार बैंकिङ समूहको १.१० प्रतिशत, विकास बैंक समूहको ४.९० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

शाईन रेसङ्गाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १८ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, पोखरा फाइनान्सको १७ करोड १ लाख रुपैयाँ, गोर्खास फाइनान्सको १६ करोड २५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै ग्रिनज डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत, बोटलर्स नेपाल ९तराई० को ७.६२ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, आज पोखरा फाइनान्सको ७.१८ प्रतिशत, गुराँस लघुवित्तको ६.६० प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ । भोली श्रमिक दिवसको अवसरका सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजार बन्द रहने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
882SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?