National life

उमागौरी सहकारी ठगी प्रकरण: अञ्जला कोइराला १० लाख धरौटीमा रिहा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ पुस २०८१, बुधबार
543Shares
उमागौरी सहकारी ठगी प्रकरण: अञ्जला कोइराला १० लाख धरौटीमा रिहा
ncell

काठमाडौँ । उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन्।

जिल्ला अदालत मोरङको आदेशपछि कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी हुन् । उनलाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधवार आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन्।

Royal Enfield
nic asia capital

आज बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी कोइरालाको आजै बयानपछि थुनछेक बहस भएको थियो। सोही सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?