National life

एकै दिन २ हजार ४०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
967Shares
एकै दिन २ हजार ४०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । बिहीबारका दिन सुनको भाउमा गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ हजार ४०० रुपैयाँले सुनको मूल्य घटेको छ । बुधवार १ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज घटेको हो ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital
बुधवार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला  १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० कारोबार भएको थियो । चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा समेत बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३७६ दशमलव २९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ९२ पैसामा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
967SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?