National life

सुनको भाउमा पुनः गिरावट, चाँदीको मूल्य स्थिर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१९ दिन अगाडि|१५ भदौ २०८३, सोमबार
1KShares
सुनको भाउमा पुनः गिरावट, चाँदीको मूल्य स्थिर
ncell

सोमबार पनि स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइतबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनपनि सुनको मूल्य ९ हजार ५ सयले घटेको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८६० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९२० रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ नै थियो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?