काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार पाँचौं दिन पनि घटेको छ, जसले बजारमा सुन सस्तो हुँदै गएको संकेत दिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८४ हजार ७ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन पनि सुनको मूल्यमा गिरावट देखिएको थियो।
गत आइतबारदेखि सुरु भएको गिरावटले अहिलेसम्म सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटिसकेको छ।
यससँगै १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ४४ हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १६० रुपैयाँले सस्तो भई ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ।


































