काठमाण्डौ । साताको अन्त्यतिर आइपुग्दा सुनको मूल्यमा पुनः गिरावट देखिएको छ। बुधबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एकैदिन ५ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको छ।
हालको दरअनुसार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, चाँदीको भाउमा पनि कमी आएको छ।
आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ८७ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुन तथा चाँदीको मूल्य घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।


































