National life
cg eloctronics

तिहारपछि सुनको भाउ तोलामा करिब १४ हजार रुपैयाँले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० दिन अगाडि|०१ मंसिर २०८३, मङ्गलबार
1.4kShares
तिहारपछि सुनको भाउ तोलामा करिब १४ हजार रुपैयाँले घट्यो
muktinatha bikash bank

काठमाडौं- तिहार सकिएलगत्तै नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारको समयमा कात्तिक २२ गते प्रतितोला २ लाख ८३ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबारसम्म आइपुग्दा १३ हजार ९०० रुपैयाँले घटेर २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको छ।

महासंघका अनुसार तिहारअघि उच्च बिन्दुमा रहेको सुनको मूल्य क्रमिक रूपमा घट्दै गएको हो। कात्तिक २७ गते सुनको मूल्य २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो भने कात्तिक २९ गते घटेर २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार थप गिरावट आएसँगै सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। तिहारअघि प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य सोमबार २९० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ रहेको छ। मंगलबारको मूल्य भने महासंघले सार्वजनिक गर्न बाँकी छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?