National life

एकै महिनामा भित्रियो कीर्तिमानी १ खर्ब ६५ अर्ब रेमिट्यान्स

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
480Shares
एकै महिनामा भित्रियो कीर्तिमानी १ खर्ब ६५ अर्ब रेमिट्यान्स
ncell

काठमाडौँ । २०८२ वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ वैशाखमा विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको हो ।

यसअघि एकै महिनामा यति ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन । यससँगै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

Royal Enfield
nic asia capital

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३.३ प्रतिशत धेरै हो । अघिल्लो आवमा यो रकम १६.९ प्रतिशतले बढेको थियो ।

गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष १४.८ प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?