National life

एक करोड ८२ लाख बराबरको नक्कली नोट सहित एक जना प्रकाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
519Shares
एक करोड ८२ लाख बराबरको नक्कली नोट सहित एक जना प्रकाउ
ncell

काठमाडौं । । भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको छ

प्रहरीका अनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको एसपी रेग्मीले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले नक्कली नोट ल्याउने गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्करपियो गाडी रोकेको थियो । शङ्कास्पद अवस्थाको स्करपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद भएको हो ।

रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको पहरीले जनाएको छ, साथै आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने सुनसरी प्रहरीको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?