काठमाडौँ – नेपाल राष्ट्र बैंकको ताजा आँकडा अनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १९ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २५ गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो।
त्यस अगाडि साउन २४ गते विहिवारका दिन भने बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३२ अर्ब निक्षेप संकलन भएकोमा २५ गते १३ अर्बले निक्षेप संकलनमा गिरावट आएको हो । असार २४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २५ गते ५६ खर्ब ९० अर्ब निक्षेप संकलन गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । गत बिहीबारसम्म ५१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएकोमा शुक्रवार भने ५१ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यस्तै सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाहमा पनि केही सुधार देखिएको छ । वाणिज्य बैंकहरुले गत शुक्रवारसम्म ४५ खर्ब ६५ अर्ब कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै , बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने केही सुधार देखिएको छ। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९४ प्रतिशतमा कायम भएको देखाएको छ।



































