National life

एक वर्षमा नेपालमा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३२ असार २०८२, बुधबार
444Shares
एक वर्षमा नेपालमा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता
ncell

काठमाडौँ । एक वर्षमा विभिन्न देशबाट २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले अनुदान र ऋणमा गरी कुल  २ खर्ब १५ अर्बको प्रतिबद्धता प्राप्त गरेको छ । जस अनुसार ५७ अर्ब अनुदान र २ खर्ब १५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणको प्रतिबद्धता आएको हो।

वैदेशिक सहायतामध्ये दुई देशीय सहायता ४३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital
बहुराष्ट्रिय दाताबाट २ खर्ब २९ अर्ब रुपैयाँको प्रतिबद्धता आएको छ। वैदेशिक सहायता प्रतिबद्धता सन्तोषजनक देखिए पनि प्राप्ति भने कमजोर छ । मन्त्रालयका अनुसार वैदेशिक सहायता प्राप्तिमा खर्चको ठूलो भूमिका हुन्छ । पुँजीगत खर्च कम भएका कारण वैदेशिक खर्च प्राप्तिमा प्रगति कमजोर देखिएको छ।

नेपालमा पूर्वाधार, यातायात, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सिँचाइ, खानेपानी, ऊर्जा, वन लगायतका क्षेत्रमा लगानी हुने गरी प्रतिबद्धता आएको छ। विश्व बैंक, एडीबीसहित बहुराष्ट्रिय दाता र जापानी, जर्मन, चीन लगायतका देशले वैदेशिक सहायताको प्रतिबद्धता जनाएका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?